ग्रीन फरेस्ट कन्सर्भेसन प्रा. लि. मा स्वागत छ।
हामी नेपालमा दिगो वन व्यवस्थापनका लागि समर्पित एक वातावरणीय तथा वन सम्बन्धी परामर्श संस्था हौँ। वैज्ञानिक अनुसन्धान, आधुनिक प्रविधि तथा समुदायको सहकार्यको आधारमा कार्य गर्दै आएका छौँ। सन् २०२५ मा स्थापित हाम्रो संस्था GIS तथा Remote Sensing, वन सर्वेक्षण, डिजिटल वन व्यवस्थापन, वातावरणीय अध्ययन, आधुनिक प्रविधि तथा समुदाय सहकार्यका माध्यमबाट वन संरक्षणमा योगदान पुर्याउँदै आएको छ।
विज्ञान, प्रविधि र स्थानीय सहभागिताको संयोजनमार्फत हामी तथ्य आधारित, वातावरणमैत्री समाधान प्रदान गर्छौं, जसले नेपालका वन क्षेत्रको दीर्घकालीन संरक्षण र समृद्धिमा योगदान पुर्याउँछ।
👉 नवप्रवर्तन, विज्ञान र सामुदायिक सहकार्यमार्फत दिगो वन संरक्षण।